+
+
Shares

४ जना ‘मिस नेपाल’ ले अभिनय गरेको ‘माया भनेकै यस्तो होला’ को छायांकन टुंगियो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १२:३७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘माया भनेकै यस्तो होला’ को छायांकन २७ औं दिनमा आइतबार सकिएको छ।
  • अभिनेत्री रेखा थापाले ८ वर्षपछि निर्देशनमा फर्केर यो फिल्म निर्देशन गरेकी छन्।
  • फिल्म आउँदो तीज पर्वको अवसरमा प्रदर्शन हुने जनाइएको छ।

काठमाडौं । फिल्म ‘माया भनेकै यस्तो होला’ को छायांकन सकिएको छ । २७ औं दिनमा आइतबार यो फिल्मको छायांकन टुंगिएको हो । यो फिल्ममार्फत अभिनेत्री रेखा थापा ८ वर्षपछि निर्देशनमा फर्किएकी छन् ।

‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय फिचर हो । ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको फिल्ममा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारको जम्बो टोली छ ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ ।

यस हिसाबले फिल्ममा एक साथ चार मिस नेपाल समेटिएका छन् । अन्य कलाकारमा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय छ ।

हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ निर्माता रहेको फिल्मले प्रेमकथाका माध्यमबाट सामाजिक भावनालाई उठान गरेको छ ।

ध्रुव लम्सालको पटकथा लेखन र सुदीप बरालको छायांकन रहेको फिल्ममा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणी (सीएम) छन् ।

आउँदो तीज पर्वको अवसरमा फिल्मको प्रदर्शन हुने जनाइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?