+
+
Shares

स्याङ्जाको फेदीखोलामा आज सार्वजनिक बिदा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
२०८२ चैत २४ गते ७:५०

२४ चैत, स्याङ्जा । तमु (गुरुङ) समुदायको प्रमुख सांस्कृतिक पर्व ‘ट्होटे’ को अवसरमा स्याङ्जाको फेदीखोला गाउँपालिकाले आज एक दिनका लागि सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सरकारी कार्यालय र विद्यालय बन्द रहने गरी बिदा दिने निर्णय गरेको जनाएको छ ।

ट्होटे पर्व गुरूङ समुदायले हर्षोल्लासका साथ मनाउने विशेष सांस्कृतिक पर्व हो । तमु समुदायको परम्परा र सांस्कृतिक पहिचानको सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदीका अनुसार ट्होटे पर्वले समुदायबीचको आपसी सम्बन्ध सुदृढ बनाउने मात्र नभई सांस्कृतिक विविधताको संरक्षणमा पनि टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

स्याङ्जा जिल्लाभरका ११ स्थानीय तहमध्ये फेदीखोला गाउँपालिकाले मात्र बिदा दिने निर्णय गरेको हो । अन्य पालिकाहरूमा भने यस दिन नियमित रूपमा कार्यालय सञ्चालन रहनेछन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?