News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुदन गुरुङ काभ्रेपलाञ्चोकको बीपी राजमार्ग र रोशी खोलाको अवस्थाबारे स्थलगत निरीक्षणका लागि काठमाडौंबाट प्रस्थान गर्नेछन्।
- गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्ने र उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गर्नेछन्।
- उनले वर्षा सुरु हुनुअघि सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा सम्बन्धित निकायलाई निर्देशन दिने बताइएको छ।
काभ्रेपलाञ्चोक । गृहमन्त्री सुदन गुरुङ बीपी राजमार्ग र रोशी खोलाको अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षणमा जाने भएका छन् ।
गृहमन्त्री गुरुङसहितको टिम आज काठमाडौंबाट काभ्रे प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । यसअघि बिहान ९ बजे उनी काभ्रे जाने भनिए पनि अहिले दिउँसोका लागि समय सारिएको उनको सचिवालयले जनाएको छ ।
वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि उनले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन् ।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गर्नेछन् ।
वर्षा सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा सम्बन्धित निकायलाई उनले निर्देशन पनि दिने बताइएको छ ।
प्रतिक्रिया 4