+
+
Shares

सप्तरीबाट विद्युत प्राधिकरणका इन्जिनियर १ लाख ४० हजार घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते ११:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ।
  • आख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार दासले चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखेर लाइन छाडिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो।
  • इटहरी कार्यालयबाट खटिएको टोलीले दासलाई सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ बाट सोमबार नियन्त्रणमा लिएको छ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास घुस रकमसहित पक्राउ परेका छन् ।

उनलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार इन्जिनियर दासले चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखेर लाइन छाडिदिने भनेर सेवाग्राहीसँग घुस मागेको भन्दै उजुरी परेको थियो । त्यस आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले दासलाई घुस रकमसहित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ बाट सोमबार नियन्त्रणमा लिएको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?