News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री नीता ढुंगानाले डेब्यू निर्देशकीय फिचर 'पार्वती' को छायांकन कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ स्थित मिर्सा गाउँबाट मंगलबारदेखि सुरु गरेकी छन्।
- नीता ढुंगाना यस फिल्ममा निर्मात्री, निर्देशक र अभिनेत्री तीनै भूमिका निर्वाह गर्नेछिन् र फिल्मको प्रदर्शन १२ भदौदेखि सुरु हुने जनाइएको छ।
- फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट लगायतको अभिनय रहनेछ र पटकथा शिवम् अधिकारीले लेखेका हुन्।
काठमाडौं । अभिनेत्री समेत रहेकी नीता ढुंगानाले डेब्यू निर्देशकीय फिचर ‘पार्वती’ को छायांकन मंगलबारदेखि थालेकी छन् । पर्यटकीय थलो कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ स्थित मिर्सा गाउँबाट एक्सन-कट सुरु भएको हो ।
यो फिल्ममा ढुंगानाको भूमिका ३ प्रकारले हुने देखिन्छ । उनी यो फिल्मकी निर्मात्री, निर्देशक र अभिनेत्री पनि हुन् । शुभसाइत पूजासहित छायांकन सुरु भएको जानकारी छायांकार सुदीप बरालले दिए ।
नीताका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेलको पनि अभिनय यसमा हुनेछ । ‘मनबिनाको धन’ पछि दर्जीसँग नीताको यो दोस्रो अभिनय सहकार्य हुनेछ ।
पटकथा शिवम् अधिकारीले लेखेका हुन् । चर्चित डान्स समूह ‘कार्टुन्ज क्रू’ का डान्सर सरोज अधिकारीले यो फिल्मबाट निर्देशक सहायकको रुपमा फिचर फिल्ममा डेब्यू गर्दैछन् ।
प्रदर्शन १२ भदौदेखि सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया 4