+
+
Shares

एमालेका सांसदहरूले भने- सुशासनको नाममा प्रतिशोध र पूर्वाग्रह राख्नु भएन

नेकपा एमालेका सांसदहरुले सुशासन कायम गर्ने नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई सुझाव दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १५:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सांसदहरुले सरकारले प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सुझाव दिएका छन्।
  • एमाले सांसद गुरुप्रसाद बरालले संविधान र विधिको शासन उलंघन भइरहेको भन्दै नागरिकका मौलिक अधिकार स्थापित गर्न निर्देशन दिन अनुरोध गरे।
  • एमाले सांसद यशुदाकुमारी बरालले २००७ सालदेखि जेनजी आन्दोलनसम्मका घटनाक्रमका फाइल खोल्न र राजनीतिक प्रतिशोध नगर्न चेतावनी दिइन्।

२४ चैत, काठमाडौं । नेकपा एमालेका सांसदहरुले सुशासन कायम गर्ने नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई सुझाव दिएका छन् ।

सिंहदरबारमा मंगलबार बसेका प्रतिनिधिसभा बैठकमा उनीहरुले सरकारले सुरुवाती चरणबाटै संविधान र विधिको शासन उलंघन गर्ने काम गरेको भन्दै प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई सुझाव दिएका हुन् ।

बैठकमा एमाले सांसद गुरुप्रसाद बरालले सरकारले नेपालको संविधान र विधिको शासनको उलंघन गरिरहेको भन्दै संविधान प्रदत्त नागरिकका मौलिक अधिकारहरूलाई स्थापित गर्नका लागि निर्देशन दिन अनुरोध गरे ।

भाद्र २३ र २४ को घटनालाई लिएर पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको मुद्दा खारेजजन्य रहेको उनले बताए ।

त्यस्तै एमालेकी अर्का सांसद यशुदाकुमारी बरालले २००७ सालदेखि जेनजी आन्दोलनसम्मका घटनाक्रमलाई लिएर सवै फाइल खोल्न आग्रह गरे । ओली र लेखकमाथि राजनीतिक प्रतिशोध राख्ने काम नगर्न उहाले चेतावनी समेत दिए ।

उनले वर्तमान सरकारले विधिको शासन उलंघन गरे धेरै ठूलो क्षति व्यहोनुपर्ने समेत उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?