News Summary
Generated by OK AI. Editorially reviewed.- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले कर्मचारीलाई नागरिक सर्वोच्चतालाई ख्याल राखेर काम गर्न निर्देशन दिएकी छिन्।
- मन्त्री रावलले सेवाग्राहीलाई सहज, छिटो र झन्झटमुक्त सेवा दिन निर्देशन दिँदै ढिलासुस्ती र अनियमितता शून्यमा झर्नुपर्ने बताइन्।
- उनले भनिन्, ‘मन्त्रीलाई खुसी पार्नु पर्दैन, सेवाग्राहीलाई खुसी पार्नुस्’ र कानुनमा टेकेर काम गर्न चेतावनी दिइन्।
२४ चैत, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले नागरिक सर्वोच्चतालाई ख्याल राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् ।
मंगलबार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको अनुगमनपछि मन्त्री रावलले सेवाग्राहीलाई सहज, छिटो र झन्झटमुक्त सेवा दिन निर्देशन दिएकी हुन् ।
सेवा प्रवाहमा जुनसुकै प्रकारको ढिलासुस्ती र अनियमितताका गुनासो शून्यमा झर्नुपर्ने उल्लेख गर्दै मन्त्री रावलले सेवाग्राहीले दुःख पाएको गुनासो आए कानुन अनुसार कारबाही भोग्न तयार रहन चेतावनी समेत दिइन् ।
‘मन्त्रीलाई खुसी पार्नु पर्दैन, सेवाग्राहीलाई खुसी पार्नुस्’, मन्त्री रावलले भनिन्, ’कसैको दबाब र प्रभावले होइन कानुनमा टेकेर काम गर्नुस् ।’ उनले भनिन्, ‘नापी र मालपोतमा पुग्दा जनताले सबैभन्दा बढी हैरानी भोग्ने गरेका छन्, अब सबैभन्दा सहज यिनै कार्यालयको सेवा लिँदा हुन्छ भन्ने प्रमाणित गर्नुस् ।’
प्रतिक्रिया 4