+
+
Shares

प्रकाशचन्द्र लोहनीको राजीनामा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा स्वीकृत

लोहोनीले यही चैत ८ गते दिएको राजीनामा आज मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले स्वीकृत गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्देशक समितिको अध्यक्ष पदबाट डा. प्रकाशचन्द्र लोहनीले चैत ८ गते दिएको राजीनामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले स्वीकृत गरेका छन् ।
  • लोहोनीले प्रतिनिधिसभा निर्वाचनको परिणामबाट स्तब्ध भएको भन्दै पार्टी महाधिवेशन गर्नुपर्ने र महाधिवेशनपछि पदमा बहाल रहने बताएका थिए।
  • उनले राजीनामापत्रमा पार्टी नेतृत्वका पदाधिकारीहरूले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख गरेका थिए।

२४ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशक समितिको अध्यक्ष पदबाट डा. प्रकाशचन्द्र लोहनीले दिएको राजीनामा स्वीकृत भएको छ ।

लोहनीले यही चैत ८ गते दिएको राजीनामा आज मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले स्वीकृत गरेका हुन् ।

‘चैत ८ गते निर्देशक समितिको अध्यक्षबाट उहाँ (लोहनी)ले दिनु भएको राजीनामा आज पार्टी अध्यक्षले स्वीकृत गर्नुभयो’ राप्रपा स्रोतले अनलाइनखबरसँग भन्यो ।

लोहनीले गत २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको परिणामबाट स्तब्ध भएको भन्दै तदर्थ समितिमार्फत पार्टी महाधिवेशन गर्नुपर्ने बताएका थिए ।

उनले महाधिवेशनपछि प्राप्त पदमा मात्रै आफू बहाल रहने बताएका थिए ।

पार्टीको नेतृत्वमा तहमा रहेका पदाधिकारीहरूले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने पनि उनले राजीनामापत्रमा उल्लेख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?