+
+
Shares

अमेरिका कन्सर्टको घटनाबारे सज्जनराजको प्रष्टीकरण : केटीलाई हुलमा छुने, समात्ने गर्न पाइँदैन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते ११:२७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक सज्जनराज वैद्यले अमेरिकाको डीएमभी क्षेत्रमा कन्सर्टमा महिला दर्शकलाई भएको दुव्र्यवहारप्रति मञ्चबाटै प्रतिक्रिया जनाउँदै प्रस्तुति रोक्नुभएको छ।
  • सज्जनराजले इन्स्टाग्राममा आफ्नो कन्सर्टमा महिला र केटीहरूलाई जथाभावी छुने, समात्ने गर्न नपाइने भन्दै माफी माग्नुभएको छ।
  • सज्जनराजले नेपाली कलाकार र अडियन्सको सम्मानका लागि सुरक्षा आवश्यक रहेको र यस्तो घटना दोहोरिन नदिन एक्सन लिनुपर्ने बताउनुभएको छ।

काठमाडौं । गायक सज्जनराज वैद्य केही दिनअघि अमेरिकाको डीएमभी (डीसी, मेरिल्यान्ड र भर्जिनिया) क्षेत्रमा आयोजित कन्सर्टको क्रममा भएको घटनालाई लिएर चर्चामा छन् ।

कन्सर्टमा पुगेकी एक महिला दर्शकलाई दुव्र्यवहार भएको गुनासोपछि सज्जनले मन्चबाटै ती दर्शकलाई त्यहाँबाट बाहिर निस्कन चेतावनी दिन्छन् । भीआइपी लहरमा बसेका ती दर्शक बाहिर नगएपछि सज्जन आफैले प्रस्तुति रोकेर बाहिरन्छन् ।

‘अरुहरूको सुरक्षा जेपिटीमा राखेर तपाईं रमाइलो गर्ने हैन । बाहिर गैहाल्नूस’ आक्रोशित देखिएका सज्जन ती युवकलाई लक्षित गर्दै भन्छन्, ‘तिमी बाहिर गएनौं भने, हामी प्रस्तुति रोक्छौं ।’

त्यसपछि उनी गिटार निकालेर मञ्चको पछाडितिर जान्छन् । टिकटकमा भाइरल भएको भिडियोमा यत्तिमात्र देखिएको छ । सामाजिक सञ्जालमा सज्जनले आफ्नो इगो देखाएर दर्शकलाई बाहिरिन भनेको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया आइरहेको छ । आधा भिडियोकै भरमा अधिकांशले सज्जनमा घमण्ड पलाएको र यो उचित नभएको बताइरहेका छन् ।

कन्सर्टमा आफ्ना पतिसँग पुगेकी महिला दर्शकले आफूले भोगेको दुव्र्यवहारबारे इन्स्टाग्रामबाटै गुनासो गरेकी छन् । यो सबथोकपछि सज्जनले इन्स्टाग्रामबाट प्रष्टीकरण दिँदै आफ्नो कन्सर्टमा महिला दर्शकले भोग्नुपरेको दुव्र्यवहारप्रति आफ्नो तर्फबाट माफी मागेका छन् ।

@ashma.a #sajjanrajvaidya ♬ original sound – aashma

सज्जनको प्रष्टीकरण के छ ?

”पैसा तिर्‍यो भन्दैमा, रक्सीको बहानाले अर्काको सुरक्षा जोखिममा राख्न पाइँदैन । महिला, केटीहरूलाई हुलमा जथाभावी छुने, समात्ने गर्न पाइँदैन । यस्तै व्यवहारहरूले गर्दाखेरी, जापानमा–अस्ट्रेलियामा, अमेरिकाजस्ता भेन्यूहरूमा नेपाली कलाकार र नेपाली अडियन्सलाई आउन दिँदैन । हाम्रो समुदायको त्यस्तो बेइज्जत म र मेरो टिम चाहिँ सहन सक्दैनौं ।

यदि यसलाई घमण्ड भनिन्छ भने हामी वर्षको ३६५ दिनमा ३६५ दिन नै घमण्डी भनेर जानिन तयार छौं । तर, पूरा सन्दर्भ बुझ्नुपर्‍यो । अनि, त्यही हिसाबले आफ्नो विचार राख्नुपर्‍यो । शोमा एकजनाले मात्र पैसा तिरेर आउने होइन, अगाडि जुन–जुन मान्छेहरू हुनुहुन्थ्यो, क्रू भयो, ब्यान्ड भयो । सबैजनाको सुरक्षा हेर्नुपर्‍यो ।

ठूलो ठूलो स्वरले मुख छाडेर, रक्सी खाएर, मात्तिएर झगडा गर्ने हो भने सबै जनालाई असर पर्ने गरेर गर्न मिल्दैन । म त्यो कुरा मान्दैन मान्दिन । सबैजना सुरक्षित हुनुपर्‍यो । हामी त्यहाँ जेको लागि आएको हो, संगीतको लागि आएको हो । रमाइलोको लागि आएको हो । सबैजनाले सामान्यरुपमा इक्वल्ली गर्न पाउनुपर्‍यो ।

नेपाली इभेन्टहरूको जुन रेप्युटेसन छ, त्यसलाई इम्प्रुभ गर्ने भनेको हामीले मात्र सक्छौं । अनि, यस्ता कुरामा एक्सन लिएर मात्र हो । त्यही हो भनेर छोडेर गर्न सकिने होइन । आशा गर्छु, यसले सबै कुराहरू क्लियर बनाउँछ । अनि यस्ता एक्सन फ्युचरमा हुँदैन । धन्यवाद ।”

 

View this post on Instagram

 

A post shared by Sajjan Raj Vaidya (@sajjanrajvaidya)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?