+
+
Shares

‘कमेडी दरबार’ को तेस्रो सिजन ४ बैशाखदेखि, नयाँ ‘रानी’ को रुपमा दीया मास्केको इन्ट्री

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १५:५०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकप्रिय हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ आफ्नो तेस्रो सिजन आगामी बैशाख ४ गतेदेखि प्रसारणमा आउने भएको छ।
  • यस सिजनमा नयाँ सेट, नयाँ कमेडियन र नयाँ जजसहित कार्यक्रम नयाँ ढंगले प्रस्तुत हुनेछ।
  • ‘महाराजा’ मनोज गजुरेल, ‘महारानी’ गौरी मल्ल र नयाँ ‘रानी’ दीया मास्के जजिङ प्यानलमा रहनेछन्।

काठमाडौं । लोकप्रिय हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ आफ्नो तेस्रो सिजन लिएर दर्शकमाझ फर्किने भएको छ । कार्यक्रम आगामी बैशाख ४ गते, शुक्रबारदेखि प्रसारणमा आउने जनाइएको छ ।

पहिलो र दोस्रो सिजनको सफलतापछि करिब तीन महिनाको अन्तरालमा शो नयाँ ढंगले प्रस्तुत हुन लागेको हो । यसपटक कार्यक्रम नयाँ सेट, नयाँ कमेडियन, नयाँ जज र परिमार्जित फम्र्याटसहित ल्याइँदैछ, जसले दर्शकलाई थप मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।

शोका निर्देशक तथा होस्ट विक्की अग्रवालका अनुसार तेस्रो सिजनलाई अघिल्लाभन्दा अझ आकर्षक बनाउन सेट डिजाइनदेखि प्रस्तुति शैलीसम्म विशेष काम गरिएको छ । उनले यसपटकको संस्करणलाई अझ भव्य र रोचक बनाउने प्रयास गरिएको बताए ।

यस सिजनमा ‘महाराजा’का रूपमा मनोज गजुरेल र ‘महारानी’का रूपमा गौरी मल्ल यथावत रहनेछन् । अभिनेत्री दीया मास्के नयाँ ‘रानी’का रूपमा जोडिएकी छन् । उनको उपस्थितिले जजिङ प्यानलमा नयाँ स्वाद र ऊर्जा थपिने अपेक्षा गरिएको छ ।

अघिल्ला सिजनका चर्चित कलाकार निरन्तर रहने भए पनि यसपटक केही नयाँ अनुहार पनि थपिएका छन् । सन्तोष थापा, दिनेश काफ्ले र सुजन जिम्बा नयाँ कमेडियनका रूपमा प्रवेश गर्दैछन्, जसले शोमा नयाँपन ल्याउने विश्वास गरिएको छ ।

कार्यक्रम माया इन्टरटेन्मेन्टले निर्माण गरेको हो । प्रसारण साझेदारका रूपमा प्राइम टिभी एचडी रहेको छ भने डिजिटल प्लेटफर्ममा ओएसआर रियालिटी युट्युबमार्फत पनि हेर्न सकिनेछ । नयाँ कलाकार, नयाँ जज र परिमार्जित प्रस्तुति शैलीसहित ‘कमेडी दरबार’ सिजन ३ ले अघिल्ला सफलतालाई अझ अगाडि बढाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?