News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी जेठ महिनादेखि निर्देशक रुपेश तामाङको फिल्म 'एक्का तीन' को छायांकन सुरु हुने भएको छ।
- फिल्म 'एक्का तीन' मा अभिनेत्री पूजा शर्मा र अभिनेता पुष्प खड्काको भूमिका फाइनल भइसकेको छ।
- फिल्मलाई एक्सन जनरामा निर्माण गरिनेछ र नयाँ पुरुष तथा महिला कलाकारलाई पनि भित्राउने तयारी छ।
काठमाडौं । आगामी जेठ महिनाबाट फिल्म ‘एक्का तीन’ को छायांकन सुरु हुने भएको छ । निर्देशक रुपेश तामाङले धमाधम कलाकार फाइनल गर्दै अघि बढेको र प्रि-प्रोडक्सनको तयारी अन्तिममा पुगेको बताएका छन् ।
यो फिल्ममा अभिनेत्री पूजा शर्मा फाइनल भइसकेकी छिन् । अब, फिल्ममा अभिनेता पुष्प खड्काको पनि प्रवेश भएको छ । पुष्पसँग कागजी सम्झौता गर्दै निर्माण टिमले लाइनअप बलियो बनाइरहेको छ ।
यो फिल्मलाई एक्सन जनरामा निर्माण गर्ने तयारी रुपेशको छ । फिल्ममा पुष्पको भूमिका के हुन्छ भन्ने खुलाइएको छैन । फिल्मबाट एक-एक जना नयाँ पुरुष र महिला कलाकारलाई भित्राउने तयारी पनि गरिएको छ ।
सुमन गजमेरले यो फिल्मको कथा लेखेका हुन् । फिल्मलाई जुना फिल्मस् र अधिरा फिल्मस्ले निर्माण गर्दैछन् ।
पुष्प र पूजाले फिल्म ‘३६ को आँकडा’मा पनि पर्दा सेयर गरेका छन् । केही म्युजिक भिडियोमा काम गरेका यी दुइलाई दर्शकले ठूलो पर्दामा प्रतिक्षा गरिरहेका छन् ।
प्रतिक्रिया 4