+
+
Shares

राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले आगामी शुक्रबार दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।
  • निर्वाचन पछाडिको संसद्को पहिलो अधिवेशनलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले सम्बोधन गर्न लागेका हुन्।

२५ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।  राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संयुक्त बैठक आह्वान गरेका छन् ।

उनले आगामी शुक्रबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका हुन् ।

संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ ।

धारा ९५ (१) भनिएको छ, ‘राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ ।’

त्यस्तै धारा ९५ कै उपधारा २ मा भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्यक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?