+
+
Shares

हनी ट्रयाप प्रकरण : इन्स्पेक्टर शाहीसहित ५ जनालाई सफाइ, एक जनालाई कैद

जसमा इन्स्पेक्टर बिनु शाही, भीमादेवी थापा, सुस्मा विक, सहायक हवल्दार महेन्द्र हमाल र दर्शन पोखरेललाई सफाइ दिइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला अदालत ललितपुरले हनी ट्रयाप प्रकरणमा पाँच जनालाई सफाइ दिएको छ।
  • ताज इस्लामलाई एक वर्ष ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
  • प्रहरी अनुसन्धानले ताजको समूहले सुस्मा प्रयोग गरी व्यवसायीबाट रकम असुलेको देखाएको छ।

२५ चैत, काठमाडौं । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको घटनामा (हनी ट्रयाप) पाँच जनाले सफाइ पाएका छन् ।

जिल्ला अदालत ललितपुरका न्यायाधीश टीकाराम पौडेलको इजलासले पाँच जनालाई सफाइ दिएको हो । जसमा इन्स्पेक्टर बिनु शाही, भीमादेवी थापा, सुस्मा विक, सहायक हवल्दार महेन्द्र हमाल र दर्शन पोखरेललाई सफाइ दिइएको हो ।

ताज इस्लाम भनिने तजमुल्ल इस्लाम भने दोषी ठहर भएको अदालत स्रोतले बताएको छ । उनलाई एक वर्ष ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ । उनीहरुविरुद्ध आपराधिक लाभ तथा संगठित अपराधको मुद्दा चलेको थियो ।

एक व्यवसायी र प्रतिवादी सुष्मा विकबीच २०८१ को साउनदेखि चिनजान थियो । ती व्यापारी असोजमै हनी ट्रयापमा परेका थिए ।

सुस्मा मोरङको एक होटलमा काम गर्थिन् । त्यसपछि उनीहरू नजिकिएका थिए । सुस्मा र पीडित व्यवसायीबीचको सम्बन्ध थाहा पाएपछि ताजको समूहले सुस्मालाई प्रयोग गरेर रकम असुलेको आरोप छ ।

त्यसका लागि उनीहरूले आफू अनकूल ठाउँको खोजी गर्दै प्रहरी प्रभाग भैंसेपाटी पुगेको प्रहरीको निष्कर्ष थियो ।

हनी ट्रयापमा फसाउने योजना अनुसार सुनसरीबाट ताज र दर्शन जहाजमा र सुष्मा र भीमा गाडी चढेर काठमाडौं आएर ७ असोजमा शान्ति सुरक्षामा असर पारेको भन्दै ती व्यवसायीविरुद्ध प्रहरी प्रभाग भैंसेपाटीमा निवेदन दिएका थिए । त्यसपछि रकम उठाउने खेल सुरु भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

शान्ति सुरक्षाको निवेदन जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीकोमा आउनुपर्नेमा सुरुमै प्रहरीमा दर्ता गराइएको थियो । अर्कोतर्फ शान्ति सुरक्षाको निवेदन भनिए पनि आरोपित भनिएका व्यापारीसँग शान्ति सुरक्षा नभई बलात्कारको विषयमा छलफल गराएर रकम असुलिएको खुलेको थियो ।

घटनाबारे छानबिन गर्न परिसर ललितपुरले समिति गठन गरेको थियो । उक्त समितिले हनी ट्रयाप प्रकरणका मुख्य योजनाकार ताज स्लामको मोबाइल र १० लाख रुपैयाँको चेक समेत गायब बनाइएको निष्कर्ष निकालेको थियो ।

ती व्यवसायीले नगद २० लाख रूपैयाँ प्रतिवादी भीमादेवीको खातामा जम्मा गरेका थिए भने १० लाखको चेक दिएका थियो । सबै काम इन्सपेक्टर बिनुको रोहबरमा भएको भन्दै उनलाई पनि प्रतिवादी बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?