News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले थप आठ जना जेनजी शहीदका परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ।
- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले छुट भएका शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको हो।
- प्राधिकरणले यसअघि २७ जना सहिद परिवारलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको थियो।
२५ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले थप आठ जना जेनजी शहीदका परिवारका सदस्यलाई रोजगारी दिने निर्णय भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले छुट भएका शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको हो ।
प्राधिकरणले यसअघि २७ जना सहिद परिवारलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको थियो ।
बुधबार बैठकमा काठमाडौं वनस्थलीका रोजित श्रेष्ठ, उदयपुरका अम्बिका विश्वकर्मा, सिन्धुपाल्चोकका सुमित्रा महत र शितल पौडेल, संखुवासभाका मौसम कुलुङ, सर्लाहीका पार्वती अधिकारी, बझाङका हेमन्ती विष्ट र लमजुङका मञ्जु पौडेललाई रोजगारी दिने निर्णय भएको जनाइएको छ ।
यस्तै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्य सम्पादन मूल्यांकनको जानकारी सञ्चालक समितिलाई दिएका थिए ।
प्रतिक्रिया 4