News Summary
Generated by OK AI. Editorially reviewed.- एट्लेटिको मड्रिडले बार्सिलोनालाई २–० ले पराजित गर्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
- बार्सिलोनाका डिफेन्डर पाउ कुबार्सीले ४४औं मिनेटमा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो।
- एट्लेटिकोले दोस्रो हाफमा दुई गोल गर्दै अग्रता दोब्बर बनाएको छ र दोस्रो लेगमा बराबरी गरे सेमिफाइनल पुग्नेछ।
२६ चैत, काठमाडौं । १० खेलाडीमा सीमित बार्सिलोनालाई २–० ले पराजित गर्दै एट्लेटिको मड्रिडले युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।
गएराति भएको क्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोनालाई उसैको घरेलु मैदानमा एट्लटिकोले हराएको हो ।
पहिलो हाफको अन्त्यतिर बार्सिलोनाले ठूलो झट्का बेहोरेको थियो । ४४औं मिनेटमा डिफेन्डर पाउ कुबार्सीले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो।
त्यसको एक मिनेटपछि जुलियन अल्भारेजले फ्रिकिकमार्फत गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । दोस्रो हाफमा १० खेलाडीमा रहे पनि बार्सिलोनाले राम्रो प्रदर्शन गरे पनि बराबरी गोल गर्न सकेन।
७०औं मिनेटमा एलेक्जेन्डर सोर्लोथले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनाए । बार्सिलोनाले गोल फर्काउन सकेन ।
अब एट्लेटिकोले आफ्नो घरेलु मैदानमा हुने दोस्रो लेगको खेलमा बार्सिलोनालाई रोके मात्र पनि सेमिफाइनल पुग्नेछ ।
प्रतिक्रिया 4