+
+
Shares

आर्थिक सुधार गरेमात्रै राजनीतिक स्थिरता कायम हुन्छ : उपाध्यक्ष ढकाल

उपाध्यक्ष ढकालले संघीय संरचना र नयाँ संविधानले जनतामा जगाएको आशा आर्थिक क्षेत्रमा नदेखिएको बताउँदै आर्थिक सुधारमा नयाँ सरकार लाग्नुपर्ने बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मुलुकमा जस्तोसुकै राजनीतिक व्यवस्था आए पनि आर्थिक विकास र निजी क्षेत्रको प्रवर्द्धन विना सरकार टिक्न नसक्ने बताए।
  • उपाध्यक्ष ढकालले निजी क्षेत्रमाथि आक्रमण गर्नेलाई कारबाही हुनुपर्ने र यस्तो परिपाटीले लगानी वातावरण बिगार्ने बताए।
  • ढकालले प्रमुख राजमार्गहरूको अवस्था दयनीय रहेको र गुणस्तरीय पूर्वाधार नहुँदा उद्योगी व्यवसायीको ढुवानी लागत बढेको बताए।

२६ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मुलुकमा जस्तोसुकै राजनीतिक व्यवस्था आए पनि आर्थिक विकास र निजी क्षेत्रको प्रवर्द्धन विना सरकार र व्यवस्था टिकाउ हुन नसक्ने बताएका छन् ।

राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष ढकालले संघीय संरचना र नयाँ संविधानले जनतामा जगाएको आशा आर्थिक क्षेत्रमा नदेखिएको बताउँदै आर्थिक सुधारमा नयाँ सरकार लाग्नुपर्ने बताएका हुन् ।

उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै गत २४ भदौको निजी क्षेत्रमाथि आक्रमण गर्नेलाई कारबाही हुनुपर्ने बताए ।

निजी क्षेत्रलाई मात्र दोषी देखाउने र आक्रमण गर्ने परिपाटीले लगानीको वातावरण बिगार्ने उनको भनाइ छ । ढकालले भौतिक पूर्वाधारको अवस्थाप्रति टिप्पणी गर्दै जताततै सडक खनिए पनि प्रमुख राजमार्गहरूको अवस्था दयनीय रहेको बताए ।

ठूला र गुणस्तरीय पूर्वाधार (कनेक्टिभिटी) को अभावमा उद्योगी व्यवसायीहरूको ढुवानी लागत अत्यधिक बढेको उनको भनाइ छ ।

ढकालले भने, ‘अहिले बाटो जताततै बनेको छ, तर प्रमुख राजमार्ग राम्रो बन्न सकेको छैन । कनेक्टिभिटिका लागि ठूला-ठूला पूर्वाधारहरू नबन्दा उद्योगी व्यवसायीको लजिस्टीक कस्ट बढेको छ । हामीले गाउँगाउँमा टावरदेखि सानातिना बाटा बनायौं, त्यसले इकोनोमिक रिटर्न दिएको छैन । त्यस्तोमा जनताबाट उठाइएको कर प्रयोग गर्ने होइन ठिक ठाउँमा सरकारले खर्च गर्नुपर्छ । स्वास्थ्य शिक्षातर्फ पनि सुधार गर्नुपर्छ । सातै प्रदेशमा राम्रो शिक्षा पुग्न जरुरी छ ।’

मुलुकको समग्र विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार आवश्यक रहेको ढकालले बताए । गुणस्तरीय शिक्षा काठमाडौं केन्द्रित मात्र नभई सातै प्रदेशमा समान रूपमा पुग्नुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?