+
+
Shares

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ६ महिनामा १०० जनाको मिर्गौला प्रत्यारोपण

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १६:२१

२६ चैत, काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ६ महिनामा १०० जनाको मिर्गौला प्रत्यारोपण भएको छ । डा. कल्पना कुमारी श्रेष्ठ कार्यकारी निर्देशक भएपछि केन्द्रमा सफलतापूर्वक १०० जनाको मिर्गौला प्रत्यारोपण भएको मिर्गौला प्रत्यारोपण सर्जन डा. दिपेश श्रेष्ठले जानकारी दिए ।

हाल यस केन्द्रमा प्रत्यारोपणको नेतृत्व युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन डा. श्रेष्ठले सम्हालिरहेका छन् ।

केन्द्र स्थापना भएको १३ वर्षको अवधिमा यहाँ हालसम्म कूल १६०६ जनाको मिर्गौला प्रत्यारोपण र ३६ जनाको कलेजो प्रत्यारोपण भएको छ । सीमित स्रोत साधन हुँदाहुँदै पनि केन्द्रमा हप्ताको ४ देखि ६ जना व्यक्तिमा मिर्गौला प्रत्यारोपण हुने गरेको डा. दिपेश श्रेष्ठले बताए ।

आर्थिक वर्ष २०८२/८३ को अन्त्य सम्ममा २०० जनाको मिर्गौला प्रत्यारोपण गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए ।

नेपालमा हुने कुल मिर्गौला प्रत्यारोपणमध्ये करिब दुई तिहाइ यसै केन्द्रमा हुने गरेको छ ।

लामो समय यस केन्द्रको प्रमुख रहेका डा. पुकारचन्द्र श्रेष्ठले अवकास पाएपछि बरिष्ठ नेफ्रोलोजिस्ट डा.कल्पना कुमारी श्रेष्ठ कार्यकारी नियुक्त भएकी थिइन् ।

२०६८ सालमा केन्द्र स्थापना भएदेखि नै त्यहाँ रही योगदान गरेकी श्रेष्ठ अनलाइनखबरको ५० प्रभावशाली महिलाको सूचीमा समेत पर्न सफल भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?