+

एकै इनिङ्समा ९ विकेट लिएर ब्राजिलकी बलरको कीर्तिमान

२०८२ चैत  २६ गते १७:४७ २०८२ चैत २६ गते १७:४७
एकै इनिङ्समा ९ विकेट लिएर ब्राजिलकी बलरको कीर्तिमान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्राजिलकी बलर लाउरा कार्डोसोले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङ्समा ९ विकेट लिएर नयाँ कीर्तिमान बनाएकी छन् ।
  • लेसोथोविरुद्धको खेलमा उनले ३ ओभरमा ४ रन मात्र दिएर टी–२०आई इतिहासकै उत्कृष्ट बलिङ प्रदर्शन गरेकी छन् ।
  • ब्राजिलले २०२ रन बनाएको खेलमा लेसोथो १३ रनमा समेटिँदा १८९ रनले जित हात पारेको छ ।

२६ चैत, काठमाडौं । ब्राजिलियन महिला क्रिकेट टिमकी बलर लाउरा कार्डोसोले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक कीर्तिमान बनाएकी छन् ।

उनले एकै इनिङ्समा ९ विकेट लिँदै टी–२०आईमा यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी बनिन् । महिला र पुरुष दुवैतर्फ यस्तो प्रदर्शन पहिले भएको छैन ।

लेसोथोविरुद्धको खेलमा कार्डोसोले ३ ओभरमा मात्र ४ रन मात्र दिएर ९ विकेट लिइन्, जुन टी–२०आई इतिहासकै उत्कृष्ट बलिङ प्रदर्शन हो ।

यसअघि भुटानका सोनाम येशेले २०२५ मा ८ विकेट लिएका थिए भने महिला टी–२०आईमा इन्डोनेसियाकी रोहमालिया रोहमालियाको ७ विकेटको कीर्तिमान थियो ।

खेलमा पहिले ब्याटिङ गरेको ब्राजिलले २०२ रन बनाएको थियो। रोबेर्टा एभरीले ४८ रन र मोनिके मचाडोले अविजित ६९ रन बनाइन् ।

जवाफमा लेसोथो मात्र १३ रनमा समेटिँदा ब्राजिलले १८९ रनको फराकिलो जित हात पार्‍यो ।

टी-२०आई कीर्तिमान लाउरा कार्डोसो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय