+
+
Shares

११ महिनामा करिब ५ हजार पर्यटकले गरे फोक्सुण्डो तालको भ्रमण

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा डोल्पाको फोक्सुण्डो ताल क्षेत्रमा ४ हजार ८८२ जना पर्यटकले भ्रमण गरेका छन्।
  • पर्यटक प्रवेश शुल्कबाट १९ लाख १३ हजार ७०० रुपैयाँ राजस्व संकलन भएको छ र नेपाली, सार्क तथा अन्य विदेशी पर्यटकका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ।
  • फोक्सुण्डो तालसम्म पुग्न अझै सहज पहुँच छैन र नेपाली सेनाले निकुञ्जको सुरक्षा जिम्मेवारी सम्हालेको छ भने पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास आवश्यक छ।

२७ चैत, डोल्पा। हिमाली जिल्ला डोल्पाको फोक्सुण्डो ताल क्षेत्रमा चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा झन्डै पाँच हजार पर्यटकले भ्रमण गरेका छन्।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यो अवधिमा ४ हजार ३६२ जना नेपाली, ५५ जना सार्क मुलुकका तथा ४६५ जना अन्य विदेशी पर्यटक गरी जम्मा ४ हजार ८८२ जना पर्यटक फोक्सुण्डो पुगेका छन् ।

निकुञ्जका कार्यालय प्रमुख नुरेन्द्र अर्यालका अनुसार यस अवधिमा पर्यटक प्रवेश शुल्कबाट मात्रै १९ लाख १३ हजार ७०० रुपैयाँ राजस्व संकलन भएको छ।

हाल नेपाली पर्यटकका लागि प्रतिव्यक्ति १०० रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि १ हजार ५०० रुपैयाँ र अन्य विदेशी पर्यटकका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ।

फोक्सुण्डो क्षेत्रमा पर्यटकको संख्या पछिल्लो समय बढ्दो क्रममा रहेको छ। विशेषगरी यातायात पहुँचमा सुधार आउनु र प्रचार–प्रसार बढ्नुले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाएको सरोकारवालाहरू बताउँछन्।

हाल निकुञ्ज क्षेत्रमा सुरक्षाको जिम्मेवारी नेपाली सेनाले सम्हाल्दै आएको छ। फोक्सुण्डो तालसम्म पुग्नको लागि सहज पहुँच भएको भए अझै पर्यटकको संख्यामा वृद्धि हुने निकुञ्जको सुरक्षार्थको लागि खटिएको नेपाली सेनाको संग्राम शार्दुल गुल्मका गुल्मपति हरिश शाहीले बताए ।

उनले भने, ‘फोक्सुन्डो ताल सम्म पुग्न अझै पनि सहज छैन, सदरमुकाम दुनैदेखि झन्डै साढे १ दिन पैदल यात्रा गरेर ताल सम्म पुग्ने गरिन्छ । ‘

प्राकृतिक सुन्दरताले भरिपूर्ण फोक्सुण्डो ताल र वरपरको भू–दृश्यले देश–विदेशका पर्यटकलाई आकर्षित गर्दै आएको छ। उचित पूर्वाधार विकास र व्यवस्थापनमा ध्यान दिन सकेमा यस क्षेत्र पर्यटनका लागि अझ प्रभावकारी गन्तव्य बन्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?