+
+
Shares

सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वस्त छु : राष्ट्रपति पौडेल

‘साथै न्यायपालिकाबाट छिटो, छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सक्यो भने परिवर्तनका निम्ति अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति साँचो अर्थमा सम्मान हुने ठहर्छ,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १५:४२

२७ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको भावना अनुसार नयाँ बनेको सरकारले जनकल्याणकारी कानुन निर्माण र त्यसको परिणाममुखी कार्यान्वयनको काम गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा उनले निर्माण भएका कानुनको मर्म र भावना अनुरुप प्रभावकारी र परिणामुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेछ भन्नेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

‘पटकपटक भएका जनआन्दोलन, संघर्ष र पछिल्लो पटक युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट गरेको मर्म, भावना र चाहना पनि यही थियो,’ राष्ट्रपति पौडेलले भने, ‘जनताको चाहना पूरा गर्न संसद्ले नागरिक केन्द्रित जनकल्याणकारी कानुनी निर्माण गर्नुपर्छ । निर्माण भएका कानुनको मर्म र भावना अनुरुप प्रभावकारी र परिणामुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेछ भन्नेमा म विश्वस्त छु ।’

त्यस्तै, न्यायपालिकाबाट छिटो, छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुँदा मात्रै शहीदहरूप्रति साँचो अर्थमा सम्मान हुने बताए ।

‘साथै न्यायपालिकाबाट छिटो, छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सक्यो भने परिवर्तनका निम्ति अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति साँचो अर्थमा सम्मान हुने ठहर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?