+
+
Shares

रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो : खुश्बु ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गर्न नसकिने नजिर स्थापित भएको बताएकी छन्।
  • उपसभामुखमा सघाउने बचन दिएर रास्वपाले अर्को उम्मेदवारलाई समर्थन गरेको भन्दै ओलीले यस्तो बताएकी हुन्।
  • उनीहरूले राप्रपाबाट सरस्वती लामाको उम्मेदवारीमा समर्थन जनाएका छन्।

२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई विश्वास गर्न नसकिने नजिर स्थापित भएको बताएकी छन् ।

उपसभामुखमा सघाउने बचन आफूहरूलाई दिएर समर्थन गर्ने अर्को उम्मेदवारमा पुगेको भन्दै उनले यस्तो बताएकी छन् ।

उपसभामुखमा राप्रपाबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबी ठाकुरको उम्मेदवारी परेको छ । लामाको उम्मेदवारीमा समर्थन जनाउँदै उनले यस्तो बताएकी हुन् ।

रास्वपाले सघाउने वचन दिएपछि उम्मेदवारी दिएको उल्लेअ गर्दै उनले भनेकी छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले उदाउँदै गरेको आफ्नो राजनीतिक इतिहासमा आफ्नै शब्द र प्रतिबद्धताप्रति विश्वास गरिहाल्न नसकिने नजिर स्थापित गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?