+
+
Shares

‘संघीयता, धर्म निरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गर्न खोजे प्रतिकार गर्छौं’

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान, संघीयता, धर्म निरपेक्षता, लोकतन्त्र आदिमा दायाँबायाँ गर्न खोजे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान, संघीयता, धर्म निरपेक्षता, लोकतन्त्रमा दायाँबायाँ गर्न खोजे प्रतिकार गर्ने चेतावनी दिएका छन्।
  • उनीहरूले जात, धर्म, भूगोल, लिंगका नाममा छुट्टाइएका नेपालीलाई एउटै मालामा उनेर लैजान चाहन्छौँ भनेका छन्।
  • राईले मधेसबाट रुबीकुमारी ठाकुरलाई उपसभामुखको उम्मेदवार बनाएको बताए।

२७ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान, संघीयता, धर्म निरपेक्षता, लोकतन्त्र आदिमा दायाँबायाँ गर्न खोजे प्रतिकार गर्ने चेतावनी दिएका छन् । उनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा उपसभामुख पदमा रुबीकुमारी ठाकुरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्दै यस्तो बताएका हुन् ।

‘श्रम संस्कृतिको पार्टी जात, धर्म, भूगोल, लिंगका नाममा छुट्टाइएका नेपालीलाई एउटै मालामा उनेर लैजान चाहन्छौँ,’ उनले भने,’संविधान, संघीयता, धर्म निरपेक्षता, लोकतन्त्रमा दायाँबायाँ गर्न खोजे प्रतिकार गर्नेछौं ।’

श्रमको क्रान्तिद्वारा स्वाधीन नेपाल, स्वाभिमानी नेपाली बनाउन चाहेको उल्लेख गर्दै पछाडि पारेको मधेसबाट आफूहरूले ठाकुरलाई उपसभामुखको उम्मेदवार बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?