News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसद रूबीकुमारी ठाकुरलाई ‘बहिनी’ सम्बोधन गरेकोप्रति आपत्ति जनाए।
- प्रतिनिधिसभा बैठकमा उनले ‘बहिनी’ शब्द खारेज गर्न माग गरे।
- उनले संसद्मा कोहीलाई बहिनी, नातिनी, बाजे, मामा भान्जा भनेर बोल्न नहुने बताए।
२७ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफ्नो पार्टीकी सांसद रूबीकुमारी ठाकुरलाई ‘बहिनी’ सम्बोधन गरेकोप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले उक्त शब्द खारेज गर्न समेत माग गरे ।
‘हाम्रा कतिपय पूर्ववक्ता माननीयज्यूहरूले हाम्रो माननीय रुबी बहिनी पनि भनेर यहाँनेर सम्बोधन गरेको देखेँ । त्यो शब्दलाई खारेज गरियोस्,’ उनले भने ।
उनले संसद्मा कोही कसैका बहिनी, नातिनी, बाजे, मामा भान्जा भन्ने हिसाबले बोल्न नहुने बताए ।
‘यहाँ कोही कसैका बहिनी, नातिनी, बाजे, मामा भान्जा भन्ने हिसाबले बोल्न हुँदैन । हामी यहाँ सबैजना एकले अर्को सम्मान गर्नुपर्छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4