News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले निषेधित क्षेत्रमा हुने उद्धार उडानमा प्रक्रियागत झन्झट हटाएको छ।
- वायुसेवा सञ्चालक संघका अनुसार गृह मन्त्रालयलाई जानकारी गराए पुग्ने गरी सहजीकरण गरिएको छ।
- संघले गृहमन्त्री सुधन गुरुङलाई १७ चैतमा पत्र लेखेको थियो र सोही अनुरूप निर्णय भएको छ।
२७ चैत, काठमाडौं । सरकारले निषेधित क्षेत्रमा हुने उद्धार उडानमा विद्यमान प्रक्रियागत झन्झट हटाएको छ ।
वायुसेवा सञ्चालक संघका अनुसार अब निषेधित क्षेत्र हेलिकप्टर उडान सम्बन्धी कार्यप्रक्रिया २०७५ को बुँदा ५ बमोजिम उद्धार कार्य गरी गृह मन्त्रालयलाई जानकारी गराए पुग्ने गरी सहजीकरण गरिएको छ ।
संघले सहजीकरणका लागि मन्त्रालयलाई धन्यवाद भनेको छ । संघका अनुसार निषेधित क्षेत्रमा हेलिकप्टरबाट उडान गर्दा पूरा गर्नुपर्ने लामो कागजी प्रक्रियाका कारण कतिपय स्वदेशी नागरिक र बिरामी पर्यटकको समयमा उद्धार हुन सकेको थिएन ।
यसबारे जानकारी गराउँदै संघले गृहमन्त्री सुधन गुरुङलाई १७ चैतमा पत्र लेखेको थियो । सोही पत्रको सम्बोधन हुने गरी निर्णय भएको संघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4