+

नेपाल र यूएईबीचको खेल फ्लडलाइटमा हुने

२०८२ चैत  २७ गते १८:५५ २०८२ चैत २७ गते १८:५५
नेपाल र यूएईबीचको खेल फ्लडलाइटमा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र यूएईबीचको दुई टी-२०आई खेल २० र २१ अप्रिलमा त्रिवि क्रिकेट मैदानमा फ्लडलाइटमा साँझ ५ बजेबाट हुने भएको छ।
  • नेपालमा रातको समयमा अन्तर्राष्ट्रिय क्रिकेट खेल हुन लागेको यो पहिलोपटक हो भने यसअघि एनपीएलको दोस्रो संस्करण रातमा भएको थियो।
  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत मे १२ देखि २२ सम्म नेपाल, अमेरिका र स्कटल्यान्डको त्रिदेशीय शृंखला र 'ए' टोलीले ५० ओभरको खेल खेल्ने तय भएको छ।

२७ चैत, काठमाडौं । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीचको दुई टी-२०आई खेल फ्लडलाइटमा खेलिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले उक्त खेल फ्लडलाइटमा हुने जनाएको छ । अप्रिल २० र २१ मा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।

‘फ्लडलाइटमा खेलिने पहिलो अन्तर्राष्ट्रिय खेलका लागि तयार रहनुस्’ क्यानले सामाजिक सञ्जालमा फोटो राख्दै भनेको छ ।

नेपालमा रातको समयमा अन्तर्राष्ट्रिय खेल हुन लागेको पहिलोपटक हो । यसअघि एनपीएलको दोस्रो संस्करण रातको समयमा भएको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा हुने नेपाल, ओमान र यूएईबीचको शृंखलाअघि नेपालले यूएईसँग टी-२०आई खेल्ने भएको हो ।

नेपाल र यूएईबीचको खेललाई एसोसियट क्रिकेटको एल क्लासिकोका रूपमा समेत लिने गरिन्छ । पछिल्लोपटक टी-२० विश्वकप छनोटमा खेलेका थिए ।

नेपालमा लिग २ को अर्को शृंखला पनि हुनेछ । मे १२ देखि २२ सम्म नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृंखला हुनेछ ।

यस्तै नेपालको ‘ए’ टोलीले पनि ओमान, स्कटल्यान्ड र अमेरिकासँग ५० ओभरको खेलहरू खेल्ने तय भएको छ ।

नेपाल भर्सेस् यूएई नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय