+
+
Shares

युनिटी लाइफ ठगी : फरार सञ्चालक महेन्द्र केसी पक्राउ

युनिटी लाइफको ठगी मुद्दामा केसीविरुद्ध सर्वोच्च अदालतको २०८२ वैशाख २ गतेको फैसलाले २५ हजार जरिवाना र दुई वर्ष ६ महिना कैदको सजाय सुनाएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १९:४४

२७ चैत, काठमाडौं । युनिटी लाइफ इन्टरनेसनल लिमिटेड ठगी मुद्दामा सर्वोच्च अदालतसमेतबाट दोषी ठहर भएर फरार रहेका सञ्चालक महेन्द्र केसी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार केसीलाई काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको जनाएको छ ।

बागलुङ नगरपालिका–३ स्थायी ठेगाना रहेका ५२ वर्षीय केसी हाल काठमाडौं महानगरपालिका– २६ सामाखुसीमै बस्दै आएका थिए ।

युनिटी लाइफको ठगी मुद्दामा केसीविरुद्ध सर्वोच्च अदालतको २०८२ वैशाख २ गतेको फैसलाले २५ हजार जरिवाना र दुई वर्ष ६ महिना कैदको सजाय सुनाएको थियो । उनी सजाय सुनाउनुअघिदेखि नै फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउपछि उनलाई सजाय कार्यान्वयन गराउन प्रहरीले जिल्ला अदालत ललितपुरमा पेस गरेको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?