+
+
Shares

हनुमानगरको कार्यालय भारतको स्वामित्वमा रहेको भवनबाट स्थानान्तरण गरिने

लोकेन्द्र यादव  लोकेन्द्र यादव 
२०८२ चैत २८ गते १०:२१

२८ चैत, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको विशेष नगरसभा शुक्रबार सम्पन्न भएको छ । सभाले महत्वपूर्ण निर्णय गर्दै हाल सञ्चालनमा रहेको नगर कार्यपालिकाको कार्यालयलाई अस्थायी रूपमा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

नगरसभामा प्रस्तुत प्रस्तावमाथि छलफल गर्दै कोशी तटबन्ध क्षेत्रअन्तर्गत भारत सरकारको स्वामित्वमा रहेको भवनमा सञ्चालन भइरहेको कार्यालय निरन्तर वर्षाका कारण प्रभावित भएको निष्कर्ष निकालिएको छ ।

वर्षाका कारण भवनमा पानी प्रवेश भई महत्वपूर्ण कागजात तथा सार्वजनिक सम्पत्तिमा क्षति पुग्ने जोखिम बढेको र दैनिक सेवा प्रवाहमा समेत अवरोध सिर्जना भएको उल्लेख गरिएको छ । साथै कर्मचारीहरूलाई नियमित रूपमा कार्यालय सञ्चालन गर्नसमेत कठिनाइ भइरहेको प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार यादवले बताए ।

यस अवस्थालाई मध्यनजर गर्दै नगरसभाले वडा नं. ५ र ७ को सीमामा हालै निर्माण सम्पन्न भएको पशु भेटेरिनरी अस्पतालको नयाँ भवनमा नगर कार्यपालिकाको कार्यालय अस्थायी रूपमा सार्ने निर्णय गरेको हो । उक्त भवन नेपाल सरकारको जग्गामा निर्माण भएको र आवश्यक कोठा तथा संरचना व्यवस्थित रहेको हुँदा सेवा प्रवाहलाई निरन्तरता दिन सहज हुने विश्वास लिइएको छ ।

नगरपालिकाको आफ्नै स्थायी प्रशासनिक भवन निर्माण तथा व्यवस्थापन नभएसम्मका लागि सोही भवनबाट सम्पूर्ण कामकाज सञ्चालन गर्ने निर्णय नगरसभाबाट अनुमोदन गरिएको छ । नगरपालिकाले यस निर्णयले सेवा प्रवाहलाई प्रभावकारी बनाउने र नागरिकलाई सहज सेवा उपलब्ध गराउने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?