+
+
Shares

असल मनसायका साथ वार्तामा बस्न अमेरिका–इरानसँग राष्ट्रसंघका महासचिवकाे अपिल

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका–इरान शान्ति वार्ताको योजना गर्दै दुवै पक्षलाई असल मनसायका साथ वार्तामा सहभागी हुन अपिल गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २८ गते १४:२७

२८ चैत, काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका–इरान शान्ति वार्ताको योजना गर्दै दुवै पक्षलाई असल मनसायका साथ वार्तामा सहभागी हुन अपिल गरेका छन् ।

पाकिस्तानको राजधानी इस्लामावाद अमेरिका र इरानको उच्चस्तरीय प्रतिनिधिमण्डलले वार्ता गर्ने तय भएपछि महासचिव गुटेरेसले दुवै देशलाई असल मनसायका साथ वार्तामा सहभागी हुन अपिल गरेका हुन् ।

संयुक्त राष्ट्र संघको प्रेस ब्रिफिङमा महासचिवका प्रवक्ता स्टेफन डुजेरिकले गुटेरेसले दुवै पक्षलाई कूटनीतिक अवसरको फाइदा उठाउन र असल मनसायका साथ स्थायी र व्यापक सम्झौताको दिशामा वार्ता गर्न आग्रह गरेको बताए ।

‘महासचिवले अन्तर्राष्ट्रिय विवादहरूको शान्तिपूर्ण समाधानका लागि कुनै विकल्प नभएको दोहोर्‍याउनुभएको छ,’ प्रवक्ता डुजेरिकले भने, ‘यो पूर्णतया अन्तर्राष्ट्रिय कानुनअनुरूप हुनु पर्ने बताउनुभएको छ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?