News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री शिशिर खनालले नवौं हिन्द महासागर सम्मेलनमा सहभागी हुँदै मरिसस र सिङ्गापुरका मन्त्रीहरूसँग भेटवार्ता गरेका छन्।
- खनालले मरिससका विदेश मन्त्री धनञ्जय रामफल र सिङ्गापुरका विदेश राज्यमन्त्री जुल्कर्नाइन अब्दुल रहीमसँग आपसी सम्बन्ध सुदृढीकरणमा छलफल गरेका थिए।
- भेटवार्तामा क्षेत्रीय सहकार्य, द्विपक्षीय हित र साझा चासोका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
२९ चैत, काठमाडौं । नवौं हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूले बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले मरिससका विदेश, क्षेत्रीय एकीकरण तथा अन्तरराष्ट्रिय व्यापारमन्त्री एच।इ। धनञ्जय रामफल र सिङ्गापुरका विदेश तथा सामाजिक एवं पारिवारिक विकास राज्यमन्त्री एच।इ। जुल्कर्नाइन अब्दुल रहीमसँग शनिबार भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा परराष्ट्रमन्त्री खनालले दुवै देशका मन्त्रीसँग आपसी सम्बन्ध सुदृढीकरण, क्षेत्रीय सहकार्य तथा द्विपक्षीय हित र साझा चासोका विविध विषयमा छलफल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4