+
+
Shares

प्रधानमन्त्री र मन्त्रीलाई समान कूटनीतिक आचारसंहिता लागू गराउँदैछौं : परराष्ट्रमन्त्री खनाल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै सबै सार्वजनिक पदधारीलाई समान रूपमा लागू गर्न तालिमको व्यवस्था गरिएको बताए।
  • खनालले सरकारले सुशासन र आर्थिक समृद्धिका लागि काम गरिरहेको र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको उल्लेख गर्नुभयो।
  • राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका–१० को कार्यक्रममा उनले कूटनीतिक नियम सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो।

१२ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका–१० ले आज मनमैजुमा आयोजना गरेको कार्यक्रममा उनले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान रूपमा लागू गर्न आफूहरू लागिपरेको बताए ।

‘प्रधानमन्त्री, मन्त्रीलगायत सबैलाई कूटनीतिक आचरण समान रूपमा लागू गर्नका लागि हामीले तालिमको व्यवस्था गरेका छौं’, कूटनीतिक नियम सबैले पालना गर्नुपर्नेमा जोड दिँदै परराष्ट्रमन्त्री खनालले भने ।

फरक प्रसङ्गमा सरकारले सुशासन र आर्थिक समृद्धिको पक्षमा काम गरिरहेको उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रअनुसार सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको उनले बताए ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?