+
+
Shares

कामना सेवा विकास बैंकद्वारा रुपन्देहीमा निःशुल्क स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कामना सेवा विकास बैंकले रुपन्देहीको सियारी ६, बर्दहवास्थित दुर्गा देवी माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
  • शिविरमा हाडजोर्नी, नशा, स्त्री प्रसुती, नाक कान घाँटी, आन्तरिक र दाँत मुख रोग परीक्षण गरिएको थियो।
  • ६०० भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए र डाक्टरहरूले परामर्श तथा सुझाव प्रदान गरेका थिए।

२९ चैत, रुपन्देही । कामना सेवा विकास बैंकले रुपन्देही जिल्लाको सियारी ६, बर्दहवास्थित दुर्गा देवी माध्यमिक विद्यालयको परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

उक्त स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुती रोग, नाक, कान तथा घाँटी रोग, आन्तरिक रोग र दाँत तथा मुख रोग परीक्षण गरिएको थियो । लुम्बिनी हस्पिटल, लुम्बिनी नेत्रालय तथा हरे कृष्ण डेन्टल बुटवलको प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा कुल ६०० भन्दा बढीले स्वास्थ्य परीक्षण गरेका थिए ।

कार्यक्रमको मुख्य उद्देश्य समुदायमा रहेका व्यक्तिहरुलाई प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुर्‍याउनु र स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्घि तथा रोकथाम गर्नु रहेको बैंकले जनाएको छ । सहभागीहरुलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझाव डाक्टरहरू सम्राट पराजुली, आलोक थैव, जीवन आत्रेय, अनिता पुन, कृष्णबहादुर श्रेष्ठ, विश्व तुलाचन, प्रकाश भट्टराई र स्मिता दर्लामीेले प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले यस्ता स्वास्थ्य शिविरहरूले समुदायको स्वास्थ्य स्तर सुधार गर्न महत्तवपूर्ण भूमिका खेल्ने उल्लेख गरे । बुटवल क्षेत्रीय प्रमुख हेमन्त बाबु आचार्यले स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?