+

उपाधि होड बलियो बनाउँदै इन्टर मिलान

२०८२ चैत  ३० गते १२:४० २०८२ चैत ३० गते १२:४०
उपाधि होड बलियो बनाउँदै इन्टर मिलान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले कोमोमाथि ४-३ को जित निकाल्दै उपाधि होडमा अग्रता बनाएको छ।
  • इन्टरले ३२ खेलबाट ७५ अंक जोड्दै शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ।
  • नापोलीको १-१ को बराबरीपछि इन्टरलाई फाइदा पुगेको छ।

३० चैत, काठमाडौं । इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले कोमोमाथि आइतबार ४-३ को रोमाञ्चक जित निकाल्दै उपाधि होड बलियो बनाएको छ ।

कोमोको मैदानमा सुरुमा दुई गोलले पछि परेको स्थिमा पुनरागमन गर्दै इन्टरले जित हात पारेको हो । इन्टरको पुनरागमन जितमा मार्कस थुराम र डेन्जेल डुमफ्रेसले समान दुई गोल गरे ।

यो जितपछि इन्टरले ३२ खेलबाट ७५ अंक जोड्दै शीर्ष स्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानको नापोलीको समान खेलबाट ६६ अंक छ ।

नापोली पार्मासँग १-१ को बराबरीमा रोकिँदा त्यसको फाइदा इन्टरलाई भएको थियो ।

घरेलु मैदानमा एलेक्स भालेले ३६औं र निको पासजले ४५औं मिनेटमा गोल गर्दै कोमोलाई २-० को अग्रता दिलाएका थिए ।

तर त्यो अग्रता कामय राख्न सकेन । मार्कुस थुरामले पहिलो हाफको इन्जुरी टाइममै गोल गर्दै कोमोको अग्रता घटाए भने ४९औं मिनेटमा थुरामले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

त्यसपछि डेन्जल डेमफ्रेसले ५८औं र ७२औं मिनेटमा गोल गरेपछि इन्टरले ४-२ को अग्रता बनायो । कोमोका लागि लुकास डा कुन्हाले ८९औं मिनेटमा गोल गरेपछि हार टार्न पर्याप्त भएन ।

इन्टर मिलान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय