News Summary
Generated by OK AI. Editorially reviewed.- लिनक्स कर्नेलको नयाँ संस्करण 'लिनक्स ७.०' आधिकारिक रूपमा सार्वजनिक भएको छ।
- लिनस टोरभाल्ड्सले अघिल्लो संस्करण '६.१९' पछि प्रमुख संस्करण नम्बर परिवर्तन गर्दै ७.० रिलिज गरेका हुन्।
- लिनक्स ७.० मा सेल्फ-हिलिङ एक्सएफएस, नयाँ एआई एजेन्ट इन्टरयाक्सन, नयाँ हार्डवेयर सपोर्ट र सुरक्षा सुधारहरू समावेश छन्।
लिनक्स कर्नेलको नयाँ संस्करण ‘लिनक्स ७.०’ आधिकारिक रूपमा सार्वजनिक भएको छ।
लिनस टोरभाल्ड्सले अघिल्लो संस्करण ‘६.१९’ पछि प्रमुख संस्करण नम्बर परिवर्तन गर्दै ७.० रिलिज गरेका हुन्।
यो नयाँ कर्नेल विशेष गरी आगामी ‘युबुन्टु २६.०४ एलटीएस’ मा मुख्य आधारका रूपमा प्रयोग हुनेछ।
यस पटकको अपडेटमा केही यस्ता विशेषताहरू छन् जसले कम्प्युटरको कार्यक्षमता र सुरक्षालाई नयाँ उचाइमा पुऱ्याउनेछन् ;
मुख्य विशेषता र सुधारहरू:
सेल्फ-हिलिङ एक्सएफएस : यस संस्करणको सबैभन्दा ठूलो आकर्षण एक्सएफएस फाइल सिस्टममा थपिएको ‘सेल्फ-हिलिङ’ क्षमता हो। यसले गर्दा फाइल सिस्टममा आउने सानातिना त्रुटिहरूलाई सिस्टमले आफैँ पत्ता लगाएर समाधान गर्नेछ, जसले डाटा हराउने जोखिम कम गर्छ।
एआई एजेन्ट इन्टरयाक्सन : भविष्यमा आउने ल्यापटपहरूलाई ध्यानमा राख्दै यसमा नयाँ ‘एआई एजेन्ट’ सँग कुराकानी गर्न मिल्ने विशेष किबोर्ड बटनहरूका लागि एचआईडी कोडहरू थपिएको छ।
नयाँ हार्डवेयर सपोर्ट : इन्टेलको ‘नोभा लेक’ , ‘क्रेसेन्ट आइल्यान्ड’ र एएमडी का नयाँ ग्राफिक्स कार्डहरूका लागि यसमा पूर्ण सपोर्ट उपलब्ध गराइएको छ।
सुरक्षा र प्रदर्शन : वर्षौँदेखि लुकेको एक्स.५०९ सर्टिफिकेट कोडको सुरक्षा त्रुटिलाई यसमा सुधार्नुका साथै एएमडी जेन ३ प्रोसेसरहरूमा देखिने केही प्राविधिक समस्याहरूलाई पनि समाधान गरिएको छ।
आर्मरी ड्राइभर : आसुसका नयाँ डिभाइसहरूका लागि ड्राइभर सपोर्ट थपिएको छ, जसले गेमिङ ल्यापटप प्रयोगकर्ताहरूलाई फाइदा पुग्नेछ।
लिनक्स ७.० को रिलिजसँगै अब ७.१ को विकास प्रक्रिया पनि सुरु भइसकेको छ।
प्रतिक्रिया 4