+
+
Shares

वर्षको अन्तिम दिन घट्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०८२ सालको अन्तिम कारोबार दिन सेयर बजार ४.१८ अंकले घटेर २८३३ अंकमा झरेको छ।
  • आज १०५ कम्पनीको मूल्य बढ्दा १५३ को घटेको र १२ कम्पनीको मूल्य स्थिर रहेको छ।
  • ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेकोमा सुपर खुदी हाइड्रोपावर र सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक समावेश छन्।

३० चैत, काठमाडौं । २०८२ सालको अन्तिम कारोबार दिन सेयर बजार ४.१८ अंक घटेको छ । यो कमीसँगै बजार २८३३ अंकमा झरेको छ । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ८ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६६ करोडको भयो ।

१०५ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने १२ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०२ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.६६, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४० र निर्जीवन बीमा ०.४६ प्रतिशत बढे ।

बैंकिङ ०.४७, विकास बैंक ०.५५, फाइनान्स ०.२९, जीवन बीमा ०.४६, माइक्रोफाइनान्स ०.४२, अन्य १.६२ तथा व्यापार ०.२१ प्रतिशत घटे ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सुपर खुदी हाइड्रोपावर, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट, रिजलाइन इनर्जी र शिखर पावर छन् ।

मेन्छियाम हाइड्रोपावरको ९.०१, उपकार लघुवित्तको ७.१७ तथा नेसनल हाइड्रोपावरको मूल्य ६.६७ प्रतिशत बढ्यो । युनिक नेपाल लघुवित्तको ३.६०, अभियान लघुवित्तको २.९७ तथा सान्भी इनर्जीको २.९६ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी र एसवाई प्यानल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?