News Summary
Generated by OK AI. Editorially reviewed.- कुमार कट्टेल 'जिग्री ब्रो' र दीपकप्रसाद आचार्य 'काकु' बीच पुनः सहकार्य हुने फिल्म 'चिरञ्जीवी भवः' निर्माणको घोषणा गरिएको छ।
- फिल्मको स्क्रिप्ट अन्तिम ड्राफ्टमा छ र डेढ दुई महिनाभित्र छायांकन तयारी हुने कुमारले बताए।
- यो फिल्म दुई पुस्ताबीचको कथा समेट्ने सोसल ड्रामा हुनेछ र काकुले निर्देशन गर्नेछन् भने जिग्रीले कथा लेखनमा काम गरिरहेका छन्।
काठमाडौं । टिभी श्रृंखलाका चर्चित नामहरू कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ बीच पुनः सहकार्य पक्का भएको छ । ‘सक्किगो नि’ सिरियल हुँदाहुँदै अलग भएर यी दुईजनाले कथानक फिल्म निर्देशन गरेका थिए ।
काकु निर्देशित ‘परान’ २०८२ सालको सर्वाधिक कमाउने फिल्म हो । जिग्री ब्रोको ‘लाज शरणम्’ ले पनि राम्रै कमायो ।
फिल्म निर्देशन ताका अलग-अलग देखिएका यी दुई जना कलाकारबीच पुनः सहकार्य सम्भव भएको छ । यी दुईको सहकार्य हुने फिल्म ‘चिरञ्जीवी भवः’ निर्माणको घोषणा गरिएको छ । नयाँवर्ष २०८३ को अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत यो फिल्म बन्ने जनाइएको हो ।
अहिले स्क्रिप्टको अन्तिम ड्राफ्टमा काम भैराखेको कुमारले बताए । अबको डेढ दुई महिनामा छायांकन तयारी छ । फिल्मले दुई पुस्ताबीचको कथा भन्ने उनले बताए । ‘यो अहिलेको कथा हो । दुई पुस्ताबीच के मिसिए, के हराए र के कुरा जरुरी छ भन्ने कथा यसमा हुनेछ’ उनले भने ।
यो फिल्म दुवैजनाको दोस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ । काकुले निर्देशन गर्नेछन् भने जिग्री ब्रोले कथा लेखनमा काम गरिरहेका छन् । ‘बीचमा अलग देखिएपनि हामी सँगै थियौं’ जिग्रीले भने ।
उनका अनुसार, यो फिल्म सोसल ड्रामा जनरामा बन्नेछ । निर्माता र कलाकार तय हुन बाँकी छ । स्क्रिप्टलाई न्याय गर्न सक्ने कलाकारलाई कास्ट गर्ने उनले बताए । जिग्री ब्रो र काकुले ८ वर्षदेखि टिभी सिरिजहरू भद्रगोल, सक्किगो नि सहितमा सहकार्य गरिसकेका छन् ।
प्रतिक्रिया 4