+
+
Shares

मन्त्रीहरूले सम्पत्ति विवरणको तथ्यपरक छानबिन होस् : कांग्रेस सांसद कर्ण

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते ११:४८

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले मन्त्रीहरूले सम्पत्ति विवरणको तथ्यपरक छानबिन हुनुपर्ने बताएका छन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणको तथ्यपरक छानबिन, कर चुक्ता र आयस्रोतको वैधानिकता खोजिनुपर्ने बताएका हुन् ।

“मन्त्री हुनासाथ सम्पत्ति विवरण त आउँछ, तर त्यो सम्पत्ति कहाँबाट आयो ? त्यसको कर तिरिएको छ कि छैन ? आयस्रोत के हो ? यी प्रश्नको उत्तर नखोजी सुशासनको गफ गर्नु बेकार छ’ उनले भने ।

उनले मन्त्रिपरिषद्का सदस्यहरू नै शंकाको घेरामा रहेसम्म जनतामा सुशासनको अनुभूति हुन नसक्ने बताए ।

उनका अनुसार युवा पुस्ताले संसद् र नेतालाई हेर्ने दृष्टिकोण बदलिएको छ । युवा पुस्ताको विश्वास जित्न र सुशासन कायम गर्दै अगाडि बढ्न २०४६ साल यताका सबै उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?