+
+
Shares

सुरक्षा पन्त अभिनित ‘बुकी’ को वर्ल्ड प्रिमियर ओसाकामा हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विवश माझी र मोहन केसी निर्देशित फिल्म 'बुकी'को वर्ल्ड प्रिमियर ६ मेमा जापानको ओसाका सहरमा आयोजना गरिनेछ।
  • प्रिमियर स्थानीय मिनातो कुमिन सेन्टरमा बेलुका ५ः३० बजेदेखि हुनेछ र यसलाई नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारको खुड्किलो मानिएको छ।
  • फिल्मको छायांकन काठमाडौं, पोखरा र बागलुङको ढोरपाटन क्षेत्रमा गरिएको छ र सन् २०२६ मा नेपालमा प्रदर्शन गरिनेछ।

काठमाडौं । विवश माझी र मोहन केसी निर्देशित फिल्म ‘बुकी’को वर्ल्ड प्रिमियर जापानमा हुने भएको छ । फिल्मका प्रमुख पात्रको झलक सार्वजनिक गर्दै फिल्मले प्रिमियरको मिति र स्थानबारे जनाएको हो ।

६ मेमा त्यहाँको ओसाका सहरमा प्रिमियर कार्यक्रम आयोजना गरिएको छ । स्थानीय ‘मिनातो कुमिन सेन्टर’मा बेलुका ५ः३० बजेदेखि फिल्मको प्रदर्शन गरिने प्रेषित विवरणमा उल्लेख छ ।

निर्देशकद्धयले यो प्रिमियरलाई नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारको एक महत्वपूर्ण खुड्किलोका रूपमा लिएका छन् । कलाकार सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की र प्रकाश घिमिरेलाई चित्रण गरिएको पोस्टर सार्वजनिक गर्दै जापान प्रिमियरबारे जानकारी दिइएको हो ।

‘बुकी’ हिमाली क्षेत्रका पाटनमा वर्षाको समयमा फुल्ने एक फूल हो । फिल्मले खेलकुद र प्रकृतिबीचको गहिरो सम्बन्धको कथा भन्ने जनाइएको छ । छायांकन काठमाडौं, पोखरा र बागलुङको रमणीय ढोरपाटन क्षेत्रमा गरिएको छ ।

हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति यसमा छ । लक्ष्मण सापकोटा, अमिशा काउचा मगर, रमेश थापा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी छन् । राजेश थापा र बसुन्धरा खरेलले ‘क्रिएटिभ प्रोडुसर’ छन् भने जितु थापा र सुनील बुढाथोकी को-प्रोडुसरका रूपमा छन् ।

सन् २०२६ मा फिल्मको नेपाल प्रदर्शन गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?