News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनलाई मध्यपूर्व युद्धको समयमा अविश्वसनीय विश्वव्यापी साझेदार भएको आरोप लगाए।
- चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चीनले इरानको परिस्थितिमा गम्भीर अडान स्पष्ट गरेको बताए।
- गुओ जियाकुनले राष्ट्रपति ट्रम्पको चीन भ्रमणका विषयमा दुवै पक्षले निरन्तर सञ्चार कायम राखिरहेको जानकारी दिए।
३ वैशाख, काठमाडौं । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पश्चियम एसिया (इरान) युद्धका क्रममा चीन अविश्वसनीय विश्वव्यापी साझेदार साबित भएको आरोप लगाएपछि चिनियाँ विदेश मन्त्रालयले त्यसको प्रतिक्रिया दिएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, अर्थमन्त्री बेसेन्टले भनेका थिए, ‘चीनले मध्यपूर्व युद्धको समयमा तेलको आपूर्ति भण्डारण गरेर र केही वस्तुहरूको निर्यातलाई सीमित गरेर आफूलाई एउटा अविश्वसनीय विश्वव्यापी साझेदार साबित गरेको छ।’
उनले थपेका थिए, ‘यो ठीक त्यस्तै थियो, जस्तो उसले कोभिड-१९ महामारीको समयमा चिकित्सा सामग्रीहरूको सन्दर्भमा गरेको थियो।’
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार, बुधबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनलाई बेसेन्टका यस्ता टिप्पणीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी चीन भ्रमणमा असर पार्न सक्छ कि भनेर सञ्चारकर्मीहरूले प्रश्न गरेका थिए।
जवाफमा प्रवक्ता गुओ जियाकुनले भने, ‘इरानको परिस्थितिको विषयमा चीनले आफ्नो गम्भीर अडान पटक-पटक स्पष्ट गरिसकेको छ। साथै, राष्ट्रपति ट्रम्पको चीन भ्रमणका विषयमा दुवै पक्षले निरन्तर सञ्चार कायम राखिरहेका छन्।’
प्रतिक्रिया 4