+
+
Shares

सेयर बजारका सबै सूचक घटे, नेप्से २८३३ अंकमा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार नेप्से परिसूचक ३३.८३ अंक (१.१८ प्रतिशत) घटेर २८३३ अंकमा कायम भएको छ।
  • कारोबार रकम ९ अर्ब ३१ करोड पुगेको छ, जुन अघिल्लो दिनको १० अर्ब ५३ करोडभन्दा कम हो।
  • सिन्धु विकास बैंकको मूल्य ९.४७ प्रतिशतले सबैभन्दा धेरै घटेको छ भने ५ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।

३ वैशाख, काठमाडौं । बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३३.८३ अंक (१.१८ प्रतिशत) घटेको छ । सो घटाइसँगै नेप्से २८३३ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ३३.२७ अंक बढेको थियो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ५३ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३१ करोडको भयो ।  ३१ कम्पनीको मूल्य बढ्दा २३६ को घट्यो भने ३ को स्थिर रह्यो । सबै समूहका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै १.९८ प्रतिशत घट्यो ।

बैंकिङ ०.८०, विकास बैंक १.१५, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर १.५१, लगानी १.२७, जीवन बीमा ०.९०, उत्पादन तथा प्रशोधन १.५४, माइक्रोफाइनान्स ०.७१, निर्जीवन बीमा १.२८, अन्य १.९० तथा व्यापार १.०१ प्रतिशत घटे ।

५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर छन् ।

सिन्धु विकास बैंकको मूल्य सबैभन्दा धेरै ९.४७ प्रतिशत घट्यो । भूगोल इनर्जीको ७.७९, भुजुङ हाइड्रोपावरको ७.३९ तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ४.६५ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, सोलु हाइड्रोपावर र रिडी पावर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?