+
+
Shares

शौचालय बनाउन खनेको खाल्डोको पानीमा डुबेर २ बालबालिकाको मृत्यु

उनकाअनुसार दुवै जना छिमेकीकाे घर नजिकै शाैचालय निर्माण गर्न खनेकाे खाल्डाेमा जमेकाे पानीमा डुबेकाे अवस्थामा दिउँसो सवा २ बजेतिर मृत भेटिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बझाङमा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।
  • मृत्यु हुने बालबालिका गगन बोहराका ५ वर्षीया छोराजेनिस र सन्तोष बोहराका ६ वर्षीया छोरी प्रिन्सा हुन्।
  • दुवै बालबालिका छिमेकीको घर नजिकै शौचालय निर्माण गर्न खनेको खाल्डामा डुबेका थिए।

३ वैशाख, धनगढी । बझाङमा खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।

बित्थडचिर गाउँपालिका–१ काे माथिल्लो बित्थडमा शुक्रबार खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालबालिकाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

पानीमा डुबेर साेही ठाउँका गगन बाेहराकाे ५ वर्षीया छाेरा जेनिस र सन्ताेश बाेहराकाे ६ वर्षीया छाेरी प्रिन्सा रहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक बिष्टले जानकारी दिए ।

उनकाअनुसार दुवै जना छिमेकीकाे घर नजिकै शाैचालय निर्माण गर्न खनेकाे खाल्डाेमा जमेकाे पानीमा डुबेकाे अवस्थामा दिउँसो सवा २ बजेतिर मृत भेटिएका थिए ।

घटनास्थल कार्य सकेर उनीहरूकाे शव परीक्षणका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?