News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी पुस्ताका चर्चित र्यापर लिल झोलाले अभिनेत्री रेखा थापासँग आगामी फिल्ममा सहकार्य गर्ने पक्का भएको छ।
- २० जेठदेखि छायांकन हुने अनटाइटल फिल्मलाई श्रद्धा प्रसाइँले निर्देशन गर्दैछिन्।
- फिल्ममा लिल झोलाले पाश्र्वगायनमा डेब्यू गर्दै केही गीत कम्पोज गर्नेछन् र अभिनय पनि गर्नेछन्।
काठमाडौं । जेनजी पुस्ताका चर्चित र्यापर लिल झोलाले अभिनेत्री रेखा थापासँग आगामी फिल्मको लागि सहकार्य गर्ने पक्का भएको छ । रेखाले सामाजिक सञ्जालबाट विहीबार यसबारे जानकारी दिएकी छन् ।
२० जेठदेखि छायांकन हुने अनटाइटल फिल्मलाई ‘कमेडी दरबार’ फेम्ड श्रद्धा प्रसाइँले निर्देशन गर्दैछिन् । फिल्ममा लिल झोलाले केही गीत कम्पोज गर्नेछन् । साथै, अभिनय र फिल्मका अन्य विधामा समेत सहकार्य हुने जनाइएको छ ।
‘हामीबीच संगीतसहित फिल्ममा कोल्याब हुँदैछ । मैले पनि र्याप गाउँदैछु’ रेखाले भनिन्, ‘चाँडै शुभसाइत पूजा गर्दै यसबारे जानकारी दिइनेछ ।’ रेखा फिल्म्सको ब्यानरमा बन्ने यो फिल्ममार्फत लिल झोलाले पाश्र्वगायनमा डेब्यू गर्न लागेका हुन् ।
‘अनुमान गर्नूस, के चाँडै आउँदैछ’ क्याप्सन लेख्दै रेखाले लिल झोलासँगको फोटो सेयर गरेकी छन् । रेखाले चाँडै यो फिल्मबारे जानकारी दिने बताएकी छन् ।
वास्तविक नाम आकाश क्षेत्री रहेका लिल झोला अहिलेका चर्चित र्यापर हुन् । उनी विशेषगरी अन्डरग्राउन्ड हिपहपबाट आएका र आफ्नै शैलीमा संगीत बनाउने कलाकारका रूपमा चिनिन्छन् ।
लिल झोलाको संगीतमा शहरी जीवन, युवापुस्ताको सोच, व्यक्तिगत अनुभव र कहिलेकाहीँ सामाजिक यथार्थ झल्किन्छ । उनका गीतमा आधुनिक बीट र हिपहपको प्रभाव स्पष्ट देखिन्छ । त्यसैले उनी युवापुस्तामा सजिलै जोडिन सफल भएका छन्।
उनको प्रस्तुति शैली पनि फरक मानिन्छ । गीतमा उनी प्रायः रिलेटेबल कुरा गर्छन्, जसले श्रोतालाई आफ्नो अनुभवजस्तो महसुस गराउँछ। यही कारणले सामाजिक सञ्जालमा उनका गीतहरू भाइरल हुने क्रम पनि देखिएको छ ।
प्रतिक्रिया 4