News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीच १० दिने युद्धविराम हुने सहमति भएको घोषणा गर्नुभयो।
- ट्रम्पले ३४ वर्षपछि वासिङगटन डीसीमा दुई देशका अधिकारीबीच पहिलो भेट भएको खुलाउनुभयो।
- उहाँले उपराष्ट्रपति, विदेशमन्त्री र सेना प्रमुखसँग मिलेर दीर्घकालीन शान्ति स्थापनाका लागि काम गर्न निर्देशन दिनुभएको छ।
३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीच युद्धविराम गराएको घोषणा गरेका छन् । बिहीबार साँझ सामाजिक सञ्जाल ट्रूथमा अभिव्यक्ति सार्वजनिक गर्दै अबको केही घण्टाकै १० दिने युद्ध विराम हुने सहमति भएको ट्रम्पमले बताएका छन् ।
‘मैले भर्खरै लेबनानका सम्मानित राष्ट्रपति जोसेफ आवन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुराकानी गरेँ,’ ट्रम्पले लेखेका छन्, ‘यी दुई नेताहरूले आफ्ना देशबीच शान्ति कायम गर्नका लागि १० दिनको युद्धविराम सुरु गर्ने सहमति गरेका छन् ।’
ती दुई देशका अधिकारीले ३४ वर्षपछि पहिलो पटक वासिङगटन डीसीमा भेटघाट भएको र त्यसमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि सहभागी रहेको ट्रम्पले खुलाएका छन् ।
‘मैले उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री रुबियोका साथै संयुक्त सेना प्रमुख समितिका अध्यक्ष डान कैनीसँग मिलेर इजरायल र लेबनानबीच दीर्घकालीन शान्ति स्थापनाका लागि काम गर्न निर्देशन दिएको छु,’ उनले भनेका छन् ।
विश्वभरका ९ वटा युद्ध आफूले समाधान गर्नु सम्मानको विषय भएको बताउँदै ट्रम्पले यो युद्ध समाधान भए १० औं हुने बताएका छन् ।
प्रतिक्रिया 4