+
+
Shares

गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

शनिबार बिहान भेँडेटारबाट धरानतर्फ आउँदै गरेको बिआर १० पिबी २२४१ नम्बरको भारतीय स्कार्पियो जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ५ गते १४:५४

५ वैशाख, धरान । धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार बिहान भेँडेटारबाट धरानतर्फ आउँदै गरेको बिआर १० पिबी २२४१ नम्बरको भारतीय स्कार्पियो जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भिषणबाबु राईले गाडीको सिटमुनि फल्स बटम बनाई लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा गाँजा फेला परेको जानकारी दिए ।

गाडीसहित भारतबिहार राज्यसुपौल जिल्ला बलुवा बजार–६ का २२ वर्षीय चालक सुबिध कुमार, सोही ठाउँका २२ वर्षीय रोहित कुमार र सुपौल बजार–१ का ४० वर्षीय मोहम्मद जमशेरलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

नियन्त्रणमा लिइएको तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?