+
+
Shares

२४ घण्टाभित्र इन्धनको मूल्य घटाउन जेनजी अभियन्ताकाे अल्टिमेटम

‘भारतमा पेट्रोलको मूल्य ९५ रुपैयाँ छ । नेपालमा २१९ हुनु लाजमर्दो विषय हो’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ५ गते २०:४९

५ वैशाख, काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले इन्धनको मूल्य घटनाउन सरकार र नेपाल आयल निगमलाई २४ घण्टे अल्टिमेटम दिएको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर सो संगठनले २४ घण्टाभित्र मूल्य नघटाए आयल निगम घेर्ने चेतावनी दिएको हो ।

‘जनतालाई पुरानाहरूको जञ्जालबाट मुक्त गर्छु भन्ने नयाँहरूले जनतालाई महँगीको भारले थिच्ने,’ सो अभियानका संयोजक सुनिल सिंहले भने, ‘दुई तिहाइको उपहारले यही हो ? यदि सरकारले जनताको आवाज सुनेन भने आयल निगमको अस्तित्व समाप्त गर्न सघर्ष गर्नेछौं ।’

सो अभियानका सह–संयोजक अजय सोडारीले  छिमेकी देशमा पेट्रोलियम पदार्थको मूल्य यथावत रहँदा पनि नेपालमा अत्यधिक मूल्य वृद्धि गरिएको भन्दै आपत्ति जनाए । ‘भारतमा पेट्रोलको मूल्य ९५ रुपैयाँ छ । नेपालमा २१९ हुनु लाजमर्दो विषय हो’, सोडारीले भने ।

सरकारले ५० प्रतिशत कर छुट गरेको भ्रम फैलाएर जनतामाथि झन् महँगी थोपरेको आरोप लगाउँदै उनले भने, ‘कर छुटको नाटक गर्ने सरकार र आयल निगमलाई घेराउ गर्न नपरोस् ।’

सरकार आफैमाथि महँगी थपिरहँदा व्यापक विरोध गर्नुको सट्टा सबै मौन रहेकोप्रति उनले रोष प्रकट गरे । ‘महँगी बढेको बढ्यै छ, मानौं यो सरकार र जनताको लागि मौन अवधि हो, यस्तो हुँदा पनि सबै चुपचाप छन्’, उनले भने ।

जेनजी अभियन्ता प्रकाश बमले जेनजी आन्दोलनको बलबाट आएको बालेन्द्र शाह नेतृत्वको सरकार निरंकुश शैलीमा सिंहदरबारमा सर्वसाधारणलाई निषेध गरेर बसेको भन्दै आक्रोश पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?