+
+
Shares

प्रदेशका मन्त्रालय घटाउनेबारे कांग्रेसले मुख्यमन्त्रीहरुसँग छलफल गर्दै

‘कांग्रेस नेतृत्वमा बनेका प्रदेश सरकारलाई प्रभावकारी बनाउने र कांग्रेसले नेतृत्व गरेका प्रदेशमा मन्त्रिपरिषद्को संख्या घटाउने लगायतका विषयमा छलफल हुन्छ,’ कांग्रेस स्रोतले भन्यो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते ७:५०
कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले सात प्रदेशका सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरुलाई ६ वैशाख दिउँसो १ बजे सानेपामा छलफलका लागि बोलाएको छ।
  • छलफल प्रदेश मन्त्रालय घटाउने विषयमा केन्द्रित हुने र कांग्रेस नेतृत्वमा रहेका प्रदेश सरकारलाई प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।
  • कांग्रेसले मधेश, बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व गरेको छ र प्रदेश मन्त्रिपरिषदको आकार ५ देखि ७ कायम गर्ने विषयमा छलफल गरिरहेको छ।

६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सात प्रदेशका सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरुलाई छलफलका लागि केन्द्रीय कार्यालय बोलाएको छ । सानेपामा दिउँसो १ बजे हुने छलफल प्रदेशका मन्त्रालय घटाउनेबारे केन्द्रित हुने एक नेताले जानकारी दिए ।

‘कांग्रेस नेतृत्वमा बनेका प्रदेश सरकारलाई प्रभावकारी बनाउने र कांग्रेसले नेतृत्व गरेका प्रदेशमा मन्त्रिपरिषद्को संख्या घटाउने लगायतका विषयमा छलफल हुन्छ,’ स्रोतले भन्यो ।

कांग्रेसले मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम गरी चार प्रदेशमा सरकारको नेतृत्व गरेको छ । प्रदेश मन्त्रिपरिषदको आकार ५ देखि ७ कायम गर्ने विषयमा कांग्रेसभित्र छलफल चल्दै आएको छ ।

कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका सरकारको कार्य प्रभावकारी बनाउन केन्द्रबाट संयोजन गर्ने जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?