+
+
Shares

जनसेवा नमूना माविले लगातार चौथोपटक जित्यो शिल्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते ८:५८

६ वैशाख, रोल्पा । परिवर्तन गाउँपालिकास्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड जनसेवा नमूना मावि राङ्सीले जितेको छ ।

परिवर्तन गाउँपालिकाको आर्थिक व्यवस्थापन र परिवर्तन गाउँपालिकाको खेलकुद विकास समितिको आयोजनामा ३ वैशाखदेखि ५ गतेसम्म सञ्चालन भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार बेलुका शहीद स्मृति रंगशाला धामाचौरमा सम्पन्न भएको हो ।

परिवर्तन गाउँपालिका-२ राङ्सी पोखरामा रहेको जनसेवा नमूना माविले राष्ट्रपति रनिङ शिल्ड सञ्चालन भएदेखि लगातार चौथोपटक शिल्ड जित्न सफल भएको छ । चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनसेवाले स्वर्ण ३०, रजत १० र कांस्य ११ गरी जम्मा ५१ पदक प्राप्त गरेको छ ।

चौथोपटक लगातार शिल्ड आफ्नो विद्यालयले जित्न पाउँदा आफू खुशी भएको जनसेवा नमूना माविका प्रधानाध्यापक भीम प्रकाश पुनले बताए ।

विद्यालयको मेहनत र विद्यालयमा अध्ययनरत गर्ने विद्यार्थीमा भएको खेलकुदको लगावले गर्दा आफ्नो विद्यालयले लगातार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जित्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिज बहादुर विकले बताए ।

राष्ट्रपति रनिङ शिल्डको समापान गर्दै परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले परिवर्तन गाउँपालिका खेलकुद गतिविधि गर्नेमा अरु स्थानीय तह भन्दा अगाडि रहेको बताए ।

परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गगन बुढा मगरले खेलमा हारजित स्वभाविक प्रक्रिया भएकोले अन्य विद्यालयको खेलाडीहरुलाई निराश नहुन आग्रह गरे ।

परिवर्तन गाउँपालिका चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा करिब १२ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?