+
+
Shares

कामना सेवा विकास बैंकको नाफा १९ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते ११:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा खुद नाफा १९.३७ प्रतिशत बढेको सार्वजनिक गरेको छ।
  • बैंकले चैत मसान्तसम्म ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आवको ४९ करोड ३१ लाख रुपैयाँभन्दा बढी हो।
  • खुद ब्याज आम्दानी ९.२ प्रतिशत बढेर १ अर्ब ८१ करोड पुगेको र निष्क्रिय कर्जा ४.४० प्रतिशत पुगेको छ।

६ वैशाख, काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा १९.३७ प्रतिशत बढेको छ ।

विकास बैंकले चालु आर्थिक वर्षमा चैत मसान्तसम्म ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४९ करोड ३१ लाख रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी बढ्नु र इम्पेरिमेन्ट चार्जमा सुधार आउँदा नाफामा वृद्धि देखिएको हो । बैंकको खुद ब्याज आम्दानी ९.२ प्रतिशत बढेको छ । गत आवको ९ महिनामा यस्तो आम्दानी १ अर्ब ६६ करोड रहेकोमा अहिले १ अर्ब ८१ करोड रुपैयाँ छ ।

त्यस्तै बैंकको प्रतिसेयर आम्दानी बढेर २० रुपैयाँ ३२ पैसा छ । प्रतिसेयर वितरणयोग्य नाफा १४.४२ रुपैयाँ छ । निष्क्रिय कर्जा सामान्य बढेको छ । कुल कर्जामा निष्क्रिय कर्जा अंश पहिले ४.२७ प्रतिशत रहेकोमा अहिले ४.४० प्रतिशत पुगेको छ । बैंकको आधार दर ५.७६ प्रतिशत छ । ४ अर्ब २१ करोेड चुक्ता पूँजी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?