News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रहरी परिसर काठमाडौंले डेरामा बस्नेको विवरण राख्न घरधनीलाई अनुरोध गरेको छ।
- एसपी पवन कुमार भट्टराईले अपराध रोक्न र पहिचान सहज बनाउन अनुरोध गरिएको बताए।
- यो अनुरोध बाध्यकारी नभए पनि पुलिस क्लियरेन्स रिपोर्ट माग्दा घरधनीले विवरण पाउनसक्ने प्रहरीले बताएको छ।
६ वैशाख, काठमाडौं । डेरामा बस्नेको विवरण राख्न घरधनीलाई प्रहरीले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, अपराध नहोस् र भइहालेमा व्यक्ति पहिचानमा सहज होस् भनेर अनुरोध गरिएको बताए ।
‘एउटै घरमा डेरामा बसेको चार/पाँच वर्ष भएको हुन्छ । तर त्यो मान्छेले केही अपराध गर्यो भने घरधनीलाई सोधपुछ गर्दा केही थाहा हुँदैन,’ एसपी भट्टराईले भने, ‘कम्तीमा पनि यस्ता घटना नदोहोरिन् भाडामा बस्नेहरुको विवरण राख्न अनुरोध गरेका हौं । यो बाध्यकारी होइन ।’
अझ घरधनीले पुलिस क्लियरेन्स रिपोर्ट माग गरेको अवस्थामा कस्ता पृष्ठभूमिका मान्छे बस्न लागेको छन् ? भन्नेसम्म खुल्ने हुँदा पुलिस रिपोर्टसम्म घरधनीले माग्नसक्ने प्रहरीले बताएको छ ।
जसले गर्दा कुनै घटनामा संलग्न नै नभएकाहरुले अनावश्यक रूपमा प्रहरी सोधपुछ तथा हैरानीमा पर्न नसक्ने प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4