+
+
Shares

कोकिनसहित ४ जना पक्राउ

कोकिनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लागुऔषध नियन्त्रण ब्युरोले ६ वैशाखमा कोकिनसहित चार जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा गोरखाका सुनिल लामा, झापाका विवेक गौतम र दुई भारतीय नागरिक छन्।
  • उनीहरुबाट ३३ ग्राम कोकिन बरामद भएको ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए।

६ वैशाख, काठमाडौं । लागुऔषध कोकिनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गोरखाको पालुङटार नगरपालिका–९ का २७ वर्षीय सुनिल लामा, झापाको मेचीनगर नगरपालिका–९ का ३१ वर्षीय विवेक गौतम, भारतीय नागरिक २७ वर्षीय हर्षित डाँगी र भारतकै ३९ वर्षीय मानिक गुलाटी छन् ।

उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो । उनीहरुबाट ३३ ग्राम कोकिन बरामद भएको ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए ।

यसका साथै ब्युरोले औषधि जन्य लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको । पक्राउ पर्नेहरुमा नुवाकोट घर भएका २८ वर्षीय अनिल तामाङ, काभ्रेका २२ वर्षीय प्रदीप थापा मगर, नुवाकोटका २३ वर्षीय सरोज राई र मनाङका २६ वर्षीय सुमन गुरुङ छन् । उनीहरुबाट ट्रामाडोल १२ हजार ६ सय वटा बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?