News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म 'काजी'को प्रदर्शन मिति ८ जेठ २०७० मा तय गरिएको छ।
- फिल्म 'काजी' लक्ष्मण रिजालले निर्देशन गरेका हुन् र केकी अधिकारी कजिनी पात्रमा प्रस्तुत छिन्।
- श्रीराम बालाजी फिल्मस्ले वितरण गर्ने फिल्ममा प्रदीप भारद्धाजको पटकथा र कालीप्रसाद बास्कोटाको संगीत छ।
काठमाडौं । अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म ‘काजी’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार टिजर भिडियो सार्वजनिक गर्दै ८ जेठलाई प्रदर्शन मितिको रुपमा तय गरिएको हो ।
लक्ष्मण रिजाल निर्देशित फिल्म क्लासिक लभस्टोरी हो । फिल्मलाई लिएर अभिनेता विपिन कार्की उत्साहित सुनिए । अघिल्लो फिल्मले जस्तै दर्शकलाई सरप्राइज तुल्याउने आशा उनको छ ।
केकी अधिकारी कजिनी पात्रको रुपमा प्रस्तुत छिन् । टिजरले दर्शकलाई उत्सुकता पैदा गर्ने विश्वास निर्माताको छ । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी लगायतको अभिनय छ ।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । प्रदीप भारद्धाजको पटकथा रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको लोकेशन ध्वनि र सुजिल कर्माचार्यको पाश्र्वसंगीत छ ।
कार्यकारी निर्मातामा असिम काफ्ले र निर्माता नेहान रिजाल, विकास जोशी छन् । श्रीराम बालाजी फिल्मस्ले वितरण गर्नेछ ।
प्रतिक्रिया 4